News Portal

प्रथम पशुपति कप खुल्ला क्रिकेट प्रतियोगितको उद्धघाटन

मोटिभेटन्यूज संवाददाता
१९५ पटक

काठमाडौँ -पशुपति युवा क्लब बर्दगोरिया गाउपालिका ३ रानिकुण्डाको आयोजनामा रानिकुण्डामा प्रथम पशुपति कप खुल्ला क्रिकेट प्रतियोगिता २०७६ सुरु भएको छ ।आयोजक क्लबका अध्यक्ष अश्विन कुमार बिकको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रम का प्रमुख अतिथि बर्दगोरिया गाउपालिका वडा नम्बर ३ का अध्यक्ष करने सुनार रहेका थिए। सो अवसरमा प्रमुख अतिथि को आसन बाट बोल्दै प्रमुख अतिथि सुनारले पशुपति क्लबले पहिलो पल्ट वडा नम्बर ३ मा क्रिकेट प्रतियोगिता को सुरुवात गरेकोमा धन्यवाद दिदै वडाले क्लब लाई आफ्नो क्षेत्र बाट हुन सक्ने पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यत्त गर्नु भएको थियो ।सो अवसरमा वडा नम्बर ३ का वडा सदस्य बुद्धिसरा बिक,रानिजरुवा सामुदायिक वनका अध्यक्ष लालसिह बिक समाजसेवी पदम तिरुवा लगायतका ले शुभकामना मन्तव्य व्यत्त गरेका थिए।क्लबका सचिव राजेश बिकको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन राजेन्द्र रावलले गरेका थिए।

 

उद्धघाटनका दिन भएको पहिलो खेलमा सडकपुर बौनिया युवा कल्ब बौनियाले आयोजक पशुपति युवा कल्ब को बि टिमलाई ५१ रनको फराकिलो अन्तरले हरायको थियो ।टस जितेर पहिले ब्याटिङ गरेको बौनियाले २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाएको थियो जसमा नरेन्द्र साउदले ३ छक्का र २ चौकाको मदतमा ३६ रन बनाउदा बिबेक सुनारले १५ रनको योगदान गरेका थिए। १०० रनको विजयी लक्ष्य लियर मैदान प्रवेश गरेको आयोजक बि निर्धारित २० मध्ये ९।१ ओभरमा अल आउट हुदै ४८ रनमा समेटिएको थियो । जसका लागि दिपक साउदले २ चौकाको मदतमा २५ रन बनाउदा अन्य ब्याट्सम्यान ले दोहोरो अंकमा रन जोड्न सकेनन् । बौनियाका लागि बिकास मल्लले २।१ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिदा गोविन्द परियारले ३ विकेट लियका थिए ।सो खेलमा बौनियाका बिकास मल्ल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत दोस्रो दिन आइतबार ३ खेल हुने आयोजकले जानकारी दिएको थिए ।

२०७६ फागुन १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्