News Portal

आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५२ पटक
काठमाडौं

असोज ३, काठमाडौं –

मेष– चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।
वृष– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।
मिथुन– प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ ।
कर्कट– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।
सिंह– केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ ।
कन्या– आयआर्जनका स्रोत बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।
तुला– लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ ।
वृश्चिक– भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
धनु– आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ ।
मकर– आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
कुम्भ– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।
मीन– कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।

03 गतेको बिशेष काम गर्ने राम्रो समय दिउसो 01:53 देखि 02:53 सम्म छ यो समय चन्द्र होराको हो ।

03 गते राहु काल मध्यान्न 11:56 देखि दिउँसो 1:37 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

03 गते यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

03 गते रसीलो बस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

03 गतेका लागि सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम .

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

 

२०७५ असोज ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्