News Portal

पशुपति कप खुल्ला क्रिकेट प्रतियोगितामा ह्युम पाइप,पशुपति ए र घोडाघोडि एकेडेमी विजयी

मोटिभेटन्यूज संवाददाता
१८३ पटक

काठमाडौँ- पशुपति युवा क्लब बर्दगोरिया गाउपालिका ३ रानिकुण्डाको आयोजनामा सञ्चालन भैरहेको प्रथम पशुपति कप खुल्ला क्रिकेट प्रतियोगिता २०७६ अन्तरगत आइतबार ३ खेल सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा बर्दगोरिया ह्युम पाइप मुडाले भट्ट इन्टरप्राइज बौनिया लाई ४९ रनको फराकिलो अन्तरले हराउदा दोस्रो खेलमा आयोजक पशुपति युवा क्लब ए ले चुहालाई ९० रनको फराकिलो अन्तरले हरायको थियो । दिनको अन्तिम खेलमा घोडाघोडि एकेडेमी साडेपानिले नव बालबाटिका बिधा मन्दिर बौनियालाई ४२ रनले पराजित गरेको छ।

आइतबार को पहिलो खेलमा बर्दगोरिया ह्युम पाइप बौनियाका २७ बलमा ४ छक्का र ५ चौका प्रहार गर्ने रवि बोहरा म्यान अफ द म्याच घोषित हुदा दिनको दोस्रो खेलमा पशुपति युवा क्लब ए टिमका ३६ बलमा १ छक्का र २ चौकाको मदतमा २९ रन प्रहार गर्ने र बलिङतर्फ २ ओभरमा ४ रन खर्चिदै २ विकेट लिने रोहित चौधरि म्यान अफ द म्याच घोषित हुदा दिनको अन्तिम खेलमा घोडाघोडि एकेडेमी साडेपानिका नवयुग बस्नेत म्यान अफ द म्याच घोषित भएका थिय ।प्रतियोगिता अन्तरगत सोमबार समेत तीन खेल हुने आयोजकले जानकारी दिएको छ । १० गते बाट सुरु भएको प्रतियोगिता १७ गते सम्म सञ्चालन हुनेछ जुन प्रतियोगितामा जिल्ला भित्रका विभिन्न ९ टोलिको सहभागिता रहेको छ ।

२०७६ फागुन ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्