
काठमाडौँ- बंगबंधु शेख मुजिबउर रहमानको १०० औं जन्मजयन्तीको अवसरमा बंगलादेशमा आयोजना हुने टी-ट्वान्टी सिरिजका लागि एसिया-११ को टिम सार्वजनिक भएको छ ।बंगलादेश क्रिकेट बोर्डले मंगलबार विश्व-११ विरुद्ध हुने खेलका लागि एसिया-११ ले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
बोर्डले सार्वजनिक गरेको नामावलीमा नेपालका सन्दीप लामिछाने समेत रहेका छन् । एसिया-११ को टिममा पर्ने सन्दीप नेपाल तथा एसोसियटको एकल खेलाडी हुन् ।विराट कोहली कप्तान रहेको एसिया ११ मा नेपालका सन्दीप लामिछाने पनि परेका छन् । टी–२० फेन्चाइज लिगमा उनी नेपालका ग्लोबर स्टार हुन् ।यस्तै केएल राहुल, शिखर धवन, तमिम इकवाल, लिटोन दास, ऋषभ पन्त, मुस्फिकर रहिम, थिसरा परेरा, रासिद खान, मास्तफिजुर रहमान, लासिथ मालिंगा, मोहम्मद सामी, कुलदिप यादव र मुजिर उर रहमान टोलीमा परेका छन् ।यस्तै क्रिस गेल, रोज टेलर लगायतका क्रिकेटरहरु रहेको वल्र्ड ११ को कप्तान भने फाफ डुप्लेसिस छन् । खेल मार्च १८ र २१ मा ढाकामा हुनेछ ।
उक्त खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले समेत मान्यता दिएको छ ।
२०७६ फागुन १३ गते प्रकाशित
