News Portal

किन गर्यो विप्लव नेतृत्वको नेकपाले सरकारको वार्ता अस्वीकार ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४११ पटक
काठमाडौं

असोज ३, काठमाडौं – नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले आह्वान गरेको वार्ता अस्वीकार गरेको छ । सरकारले असन्तुष्ट पक्षसँग वार्ता गर्ने भन्दै गठन गरेको थियो । तर टोलीले आह्वान गरेको वार्ता नेकपाले अस्वीकार गरेको छ ।

सरकारले गत भदौ २५ गते विप्लवसहित असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । सरकार बोलाएको वार्ताको अहिले कुनै औचित्य नभएको भन्दै अस्वीकार गरेको नेकपा स्रोतले जानकारी दियो ।
अहिले वार्तको वातावरण बनिनसकेको भन्दै नेकपाले वार्ता अस्वीकार गरेको जनाएको छ । नेता कार्यकर्ता पक्राउ गरेर जेल हालेको अवस्थामा वार्तामा बस्न नसकिने नेकपाले जनाएको छ । सरकारले वार्तामा बोलाएको भनिए पनि अहिलेसम्म आफूहरुलाई औपचारिक जानकारी नआएको सो पार्टीले जनाएको छ ।

२०७५ असोज ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्