News Portal

कविता : प्रश्न चिन्ह (???)

दिपक अमु काठमाडौं
९५३ पटक
काठमाडौं

विमानस्थलमा लामो लाइन देखेर
छिमेकी राष्ट्रका मित्रले सोधेका थिए
यो के को लाइन ??
शिर झुकाएर भन्न बाध्य भए , विदेश जानेको
र प्रश्न चिन्ह खडा गर्यो उसले
राष्ट्र र राष्ट्रियतामाथि
स्वयम नेपाली आमाहरु माथि
भन्दै थियो तिमीहरुकी आमाहरु आमा हुन् या कारखाना ? ?
जो……………….. !!!
भो आमा अब
छोडिदिनुहोस उत्पादन गर्न ति कच्चा पदार्थहरु
जो श्रमको लागि मात्र किनिन्छन अन्तर्राष्ट्रिय बजारमा
बरु दुनियाँले तिमीलाई बाझी भनुन
तिम्रो नारित्वमाथि प्रश्न चिन्ह खडा गरुन
तर बिन्ती आमा
ति कच्चा पदार्थहरु उत्पादन गर्न छोडिदेउ
जसले भविष्यमा देशलाई ‘डम्पिङ साइट’ बनाउनेछन्
हेर त तिम्रा बारी पाखा बाझै छन्
धान फल्ने खेतमा उनिऊ उम्रेको छ
तिम्रा भकारी रित्ता छन्
तिमीले नै भनेकी थिएनौ र आमा
ढुङ्गालाई माटो बनाउनु पर्छ भनेर
आज हेर तिम्रै आगनको माटो ढुङ्गा बन्दैछ
भो आमा अब
छोडिदिनुहोस उत्पादन गर्न ति कच्चा पदार्थहरु
जो………………….!!!

२०७५ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्