News Portal

भोलिदेखि खुल्ने भनेको दशैंका लागि अग्रिम टिकट बुकिङ अझैं अन्याैल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४३८ पटक
काठमाडौं

असोज ४, काठमाडाैं – असोज ५ भोलिदेखि खुल्ने भनेको दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने नखुल्ने अझैं अन्याैल देखिएको छ  ।

भोलिदेखि टिकट बुकिङ खुलाउने सहमति गरेका ब्यवसायीले इन्धनको भाउ बढेको भन्दै बुकिङ खुलाउन आनाकानी गरेपछि बुकिङ खुल्ने नखुल्ने अन्याैल भएको हो ।

यसअघि व्यवसायीले समितिका नाममा रहेका बैक खाता फुकुवा गर्ने शर्तमा भोलि शुक्रबादेखि बुकिङ खोल्ने सहमति जनाएका थिए । तर पट्रोलको भाउ बढेको भन्दै फेरि टिकट बुकिङ खुला गर्न आनाकानी गर्न थालेका हुन् । उनीहरुले घुमाउरो पाराले भाडा बढाउन पाउनुपर्ने बताउन थालेका छन् ।

समस्या समाधानका लागि यातायात व्यवस्था विभाग छलफलमा जुटेको छ । पेट्रोलियमको भाउ बढेको कारण देखाउँदै यातायात व्यवसायीले अग्रिम टिकट नखुलाउने बताएपछि विभागले व्यवसायीसँग छलफल गर्ने तयारी भइरहेको जनाएको छ ।

यातायात व्यवसायीले पनि आज दिउँसो १ बजे बैठक बसेर आधिकारिक निर्णय गर्ने बताएका छन् ।

२०७५ असोज ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्