मोटिभेटन्यूज संवाददाताकाठमाडौं

असोज ४, काठमाडौं– त्रिभुवन विमानस्थलबाट सुनसहित ७ जना पक्राउ परेका छन् ।
७ सय १६ ग्राम सुनसहित सिन्धुपाल्चोक हेल्मबु गाउँपालिका–५का २९ वर्षीय मनोजकुमार तामाङसहित ७ जनालाई बुधबार त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेका हुन् ।
नेपाल एयरलाइन्सको विमानमा बैंककबाट काठमाडौँ आएका उनीहरुको साथबाट उक्त सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
प्रहरीले उनीमाथि शंकाका आधारमा विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ एरिया जाँच गर्दा ६ सय १६ ग्राम सुन फेला पारेको हो।
सुनसहित पक्राउ परेका सातै जनामाथि आवश्यक अनुस्नधान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
२०७५ असोज ४ गते प्रकाशित
