News Portal

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई हटाउन यस्तो खेल रच्दैछ नेकपा, महाअभियोग लगाउने भित्री तयारी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६३ पटक
काठमाडौं

असोज ४,काठमाडौं–  प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेपछिपनि न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा उपस्थित भएको भन्दै न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउने  नेकपाले तयारी थालेको छ।

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत उनलाई  हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको नेकपा स्रोतले बताएको छ । संसदीय समितिको निर्णय अवज्ञा गरेर संसदको मानहानी गरेको नेकपाको आरोप छ ।

नेकपाका एक सांसदले नाम उल्लेख नगर्ने शर्तमा भने ‘संसदीय समितिको निणय अवज्ञा गरेकोले जोशीविरुद्ध महाअभियोगको तयारी भइरहेको छ’ , ‘मैले पनि हस्ताक्षर गरिसके ।’ नेकपा संसदीय दलको कार्यालयमा जोशीविरुद्ध महाअभियोग लगाउनेबारे बिहिबार बिहान छलफल भएको थियो ।

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेपछि उनी घर विदामा थिए  तर ओमप्रकाश मिश्र सर्वोच्चको प्रधानन्यायाधीश भएर आएपछि जोशी अदालतमा उपस्थित भएका थिए ।

संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी व्यबस्था गरिएको छ । संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेमा न्यायाधीशविरुद्ध महाअभियोग लगाउन सक्ने व्यबस्था छ ।

संसदको दुईतिहाइ बहुमतले न्यायाधीशलाई महाअभियोग लगाएर हटाउन सक्ने संवैधानिक व्यबस्था छ ।

२०७५ असोज ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्