News Portal

काठमाडौमा पेट्रोलियम पदार्थ अभाव

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३७ पटक
काठमाडौं

असोज ४,काठमाडौं–  नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा पेट्रोलियम पदार्थ अभाव भएको छ ।

मंगलवारदेखि ट्याङ्क सञ्चालनमा आएपछि बिहीवार त्यसको असर काठमाडौको पेट्रोल पम्पमा देखिन थालेको छ । अधिकांश पेट्रोल पम्पले पेट्रोल छैन भन्दै पम्प बन्द गरेका छन् भने सञ्चालनमा रहेका सिमित पम्पले पनि थोरै मात्रै पेट्रोल दिन थालेका छन् ।

चार्डबाडको मुखमा इन्धन अभाव भएपछि सर्वसाधारण संकटमा परेका छन् नजिकिँदै दसैको मुखमा इन्धन संकट देखिँदा सर्वसाधारण नागरिक चिन्तामा छन् ।
नेपाल आयाल निगमले बुधवार विज्ञप्ती जारी गर्दै पेट्रोेलियम पदार्थ रोकिएकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै ट्याङ्क ढुवानीकर्तासँगको सम्झौता तोड्नसक्ने सम्मको चेतावनी दिएपनि ढुवानीकर्ताले आन्दोलन जारी राखेका छन् ।

 

२०७५ असोज ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्