News Portal

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत रुपमा चयन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७३ पटक
काठमाडौं

असोज ४, काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत भएका छन्। बिहीबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो।

गत भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको थियो।

भदौ २४ मा संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो। तर घिमिरेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा कुनै पनि उजुरी दर्ता भएनन्। संसदीय समितिले असोज १ गतेभित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचनामा भनिएको थियाे।

२०७५ असोज ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्