News Portal

प्रकाण्ड रिहा हुँदै, यस्तो छ सरकार र वार्ता टोली विच भएको सहमति

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४९६ पटक
काठमाडौं

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड रिहा हुने भएका छन् । अदालतले छाड्न आदेश दिएपछि अर्को मुद्दा नलगाउने बताइएको छ ।

सरकारले गठन गरेको वार्ता टोलीको सिफारिसमा अदालत परिसरबाटै पुनः गिरफ्तारीको श्रृंखला रोकिनेछ । वार्ताको वातावरण बनाउन भन्दै वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफलपछि अदालतले रिहा गर्न आदेश दिए पुनः गिरफ्तार नगर्ने सहमति भएको छ । छलफल विहीबार गृहमन्त्रालयमा भएको थियो ।

त्यसैगरी गृहमन्त्री नेकपाका अरु नेता–कार्यकर्ताको हकमा पनि त्यही निर्णय लागु हुने सहमति पनि भएको छ । अब अदालतले रिहा गर्न आदेश दिएका अन्य नेताहरुलाई पनि पुनः गिरफ्तार नगर्ने सहमति भएको छ ।

वर्ताको लागि आह्वान गरेपछि आफ्ना नेतामाथि गिरफ्तारी र धरपकट जारी राखेको अवस्थाको वार्ताको कुनै सम्भावना नभएको नेकपाका नेताहरुले बताउँदै आएका छन् । अहिले प्रवक्ता प्रकाण्डसहित नेकपाका पोलिट्ब्यूरो सदस्यहरु मोहन कार्की, पदम राई, उमा भुजेल, ओमप्रकाश पुन, कृष्णप्रसाद धमलासहित दर्जनौं नेता–कार्यकताहरु जेलमा छन् ।

२०७५ असोज ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्