News Portal

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा शपथ ग्रहण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३८ पटक
काठमाडौं

भदौ २, काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए । शपथ ग्रहण कार्यक्रममा पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी लगाएर उपस्थित भएका थिए ।

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानको २२ औं प्रधानमन्त्री चुनिएका थिए ।

२०७५ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्