News Portal

चालकले ढुवानी रोक्दा काठमाडौंसहित देशभर पेट्रोलियम पदार्थ अभाव, ढुवानीमा असयोग गर्नेको साँचो खोस्न निगमको निर्देशन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४३६ पटक
काठमाडौं

असोज ५, काठमाडौं – केहि दिनदेखि ट्यांकर चालकले पेट्रोलियम पदार्थको ढुवानी रोक्दा काठमाडौं उपत्यकासहित देशभरको पेट्रोल पम्पमा पेट्रोल अभावसंगै  उपभोक्ताको लामो लाइन लागेको छ । निगमसँग आफ्नै ट्याङकर नहुँदा बर्सेनी यस्तो समस्या झेल्दै आएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न थालेको छ । इन्धन ढुवानीमा असयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए ।

उनका अनुसार ट्याङकर चालक र इन्धन ढुवानीकर्ताले तत्काल ढुवानी नथाले निगम आफैँले कडा सुरक्षाकाबीच ढुवानी थाल्नेछ । त्यसका लागि निगमले आफैँले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ ।

यस्तै निगमले अब आफैँले ढुवानीका लागि ट्याङकर किन्ने तयारी गरेको निगमका निमित्त कार्यकारी निर्देशक शुसिल भट्टराईले बताए  ।

२०७५ असोज ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्