News Portal

यसरी बेचिँदो रैछ उपत्यकामा राँगा भनेर भैंसीको मासु बिक्री

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४१७ पटक
काठमाडौं

असोज ५,काठमाडौं – सरकारले राँगा भनेर भैंसीको मासु विक्री वितरण गर्ने एकसहित ४ वटा बधशालाको मासु बिक्री वितरणमा रोक लगाएको छ। कृषि मन्त्रालयले काठमाडौं उपत्यकाका चारवटा वधशालाको मासु विक्री वितरणमा रोक लगाएको हो।

मन्त्रालयले शुक्रबार गरेको अनुगमनमा ती वधशाला मापदण्ड विपरित रहेको र दुषित मासु भेटेपछि प्रतिवन्ध लगाएको हो।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा शुक्रबार लगनखेल क्षेत्रका बधशालाको अनुगमन गरेको थियो। अनुगमन टोलीले मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध हो।

सरकारले सुधार नगर्दासम्मका लागि मासु बिक्रीरवितरणमा प्रतिबन्ध लगाइएको हो। अनुगमनको क्रममा देव खड्गी र सुनिल खड्गीले बधशाला दर्ता नगरेको भेटिएको हो। साथै सो बघशालामा राँगा भनेर भैसी समेत काट्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ।

काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले स्वास्थ्यका लागि उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताए।

२०७५ असोज ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्