News Portal

फेरी नाकाबन्दीकै झल्को : पेट्रोलियम पदार्थको हाहाकार, मोटरसाइकललाई पाँच लिटर मात्रै पेट्रोल दिन आयल निगमको निर्देशन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५९७ पटक
काठमाडौं

असोज ५, काठमाडौँ – ट्याकंर चालकहरुको आन्दोलनका कारण ढुवानी आपूर्ति असहज भएपछि सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा प्रणाली लागू गरेको छ ।

नेपाल आयल निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गर्दै कोटा प्रणाली लागू गर्न निर्देशन दिएको हो ।

जसअनुसार निगमले मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर मात्रै पेट्रोल दिन भनेको छ भने अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल दिन भनेको छ ।

यस्तै डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन निर्देशन दिइएको छ ।

आयल निगमले पठाएको पत्रमा एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।

ट्याकंर चालकहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थको हाहाकार मच्चिन सक्ने भन्दै पेट्रोल पम्पहरुमा इन्धनका लागि लामो लाइन लागेको देख्न सकिन्छ ।

२०७५ असोज ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्