
बुटवल ।
नेकपा निकट विद्यार्थी संगठनका अखिल क्रान्तिकारिले देशभर शैक्षिक माफियाका बिरुद्ध संघर्ष सुरु गरेको छ ।
यता लुम्बिनी समन्वय समितिले पनि शैक्षिक क्षेत्रमा लगानी गरेका जनप्रतिनिधिहरुलाई चेतावनी स्वरुप कालो झण्डा राखेर बहिष्कार गरौ भन्दै पहिलो चरणको संघर्ष गरेको ब्युरो संयोजक सुनिलले जानकारी दिए ।
लुम्बिनीको रुपन्देहीमा सैनामैना नगर प्रमुखको लगानी रहेको भन्दै सैनामैना स्थित न्यु एकेडेमी मा कालो ब्यानर टासिएको छ ।
ब्यानरमा निजि स्कुलको उस्काहटमा नितिबिपरित सरकारी स्कुल मर्ज गरेको, नगरपालिकाको शैक्षिक बजेट हिनामिना गरेको शैक्षिक माफियाको नाईके भएको भन्दै मेयर चित्रबहादुर केसि कार्किलाई बहिस्कार गरौ भन्ने नारा लेखिएको ब्यानर टासेर पहिलो संघर्ष सुरु गरेको जिल्ला अध्यक्ष रमेश गैरेले बताए ।
यस्तै यता गुल्मीका शैक्षिक माफिया दान बहादुर केसिको बोर्डिङ अर्जुन आवासिय मा.विमा कालो व्यानर राखेर सामाजिक बहिष्कार गर्न आम जनतालाई अखिल क्रान्तिकारी गुल्मिले आह्वान गरेको छ। उनी गुल्मी।मदाने गाउँपालिकाका प्रमुख हुन ।
यस्तै यता पाल्पाले पनि पाल्पा प्रदेश संसद पुरन बज्राचार्य र प्याब्सन अध्यक्ष भरत न्यौपाने को संयुक्त लगानिमा रहेको बिन्दाबन एकेडेमीमा कालो ब्यानर टासेको छ ।
पहिलो चरणमा चेतावनी स्वरुप कालो ब्यानर टासिएको हो सच्चिएर नआए थप कारबाही गर्ने अखिल क्रान्तिकारिले जनाएको छ ।
source : sancharkendra.com
२०७५ साउन ३१ गते प्रकाशित
