News Portal

भारतीय सञ्चारमाध्यमले भन्यो : नेपालमा मारिएका आलम पाकिस्तानी जासूसी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६५९ पटक
काठमाडौं

असोज ५, काठमाडौं– विहीबार सुनसरीमा  गोली हानी हत्या गरिएका मौलाना खुर्सिद आलम पाकिस्तानी जासूसी संस्था आईएसआइका लागि काम गर्ने  व्यक्ति रहेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको छन् ।

भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिदीनका सदस्यहरु बाटला इन्काउन्टर पछि भारतबाट भागेर नेपाल आएको र उनीहरुलाई खुर्सीद आलमले आश्रय दिएका थिए ।

इन्डियन मुजाहिदीनका ति मानिसको नेपाली नागरिकता र पासपोर्ट आलमले नेपालबाट बनाइदिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

आलमले इन्डियन मुजाहिदीनका सदस्यहरुको लागि खाना बस्नको व्यवस्था गर्दै आएका थिए । भारतीय सञ्चारमाध्यमहरुले आलम आईएसआईको नेपालका मुख्य व्यक्ति भएको दाबी गरेका छन् ।

विहीबार दुई वटा मोटरसाइकलमा आएका व्यक्तिले आलमलाई गोली हानी भारततर्फ भागेका थिए । हत्या स्थलबाट नेपाल भारत सीमा सात किलोमिटरको दुरीमा रहेको छ । सीमा रहेको प्रहरीले गोली चलाउने समूहलाई रोक्न खोज्दा प्रहरीमाथि नै उक्त समूहले गोली प्रहार गरेको थियो । त्यसक्रममा एक जना नेपाल प्रहरी घाइते भएका थिए ।

 

 

२०७५ असोज ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्