News Portal

निर्मलाका लागी न्याय माग्दै विभिन्न विद्यालय संघ संस्था र युवा क्लबद्वारा बौनियाँमा प्रर्दशन

दिनेश पाण्डेकाठमाडौं
४२६ पटक
काठमाडौं

असोज ५, बौनियाँ – कञ्चनपुरमा बलत्कार पछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तका लागी न्याय माग्दै बौनियामा प्रर्दशन गरिएको छ । बर्दगोरिया गाउपालिकाका बिभिन्न बिद्यालय ,बर्दगोरिया गाउपालिका स्तरिय दलित महिला एकता मञ्च, जुनकीरी नेपाल, पशुपति युवा क्लबले सयुक्त बिरोध र्याली सहित प्रदर्शन गरेका हुन ।

हत्यारालाई फासी दे, निर्माला पन्तलाई न्याय दे, सत्यतथ्य उजागर गर, महिला हिंसा बन्द गर, बालबालिका माथिको हिंसा बन्द गर , जनता मार्ने पुलिश चाहिदैन , अपराधी लुकाउन पाईदैन , देशको कानुन हरायो की नेपाल सरकार डरायो जस्ता नारा लेखिएका प्ले कार्ड सहित बौनिया चौराहा बाट निस्केको र्याली बौनिया बजार परिक्रमा गरि बौनिया बजार चौकमा कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै विभिन्न विद्यालयका विधार्थी तथा वक्ताहरुले बलात्कार पछि हत्या गरिएकी निर्मलालाई न्याय दिलाउन सरकार उदाशिन रहेको बताएका छन । सबिधानमा लेखिएको कानुन नभएर जन्ताका हक, अधिकार र न्याय पाउने कानुन चाहिएको बताएका छन ।

घटना भएको दुई महिना बित्नै लाग्दा सत्य तथ्य बाहिर न आउनु को कारण के हो ? भन्दै उहाँहरुले सरकारलाई प्रश्न गर्नुभयो । साथै बक्ताहरुले सरकारले चाडै हत्यारा पत्ता लगाउन नसके यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । यसै गरि उनिहरुले प्रहरीले हत्यारा पत्ता लगाउन नस्कनुमा कतै प्रहरी प्रशासनकै उच्च हात रहेको बताएका छन ।

घटना भएको दुई महिना बित्नलाग्दा समेत हत्यारा पत्ता नलग्नुमा झन शंंका भएको बताउनु भयो । नेपाल सरकार र प्रहरी प्रशासन माथि प्रशन गर्दै बोल्ने बक्ताहरुले चाडै अपराधि पत्ता लगाई फासी दिन माग गरेका छन । र्यालीमा बसन्त मुरारी माध्यामिक विद्यालय, जगततारा ई बो स्कुल, आर्दश सामुदायिक मा वि, नोवेल माविका विधार्थी लगाएत पशुपति युवा क्लबका पदाधिकारी, जुनकिरी नेपालका पदाधिकारी, दलित महिला एकता मञ्चका महिलाहरुको सहभागिता रहेको थियो । यस्तै निर्मला पन्तका लागि न्याय माग्दै धनगढीमा विद्यार्थी सडकमा आएछन । विद्यार्थीहरुले नाराबाजी सहित धनगढीको मुख्य सडकमा बिरोध प्रदशन गरेका हुन ।

२०७५ असोज ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्