News Portal

व्यवसायीसामु झुक्यो ओली सरकार, दशैको मुखमा सार्वजनिक गाडीको भाडा बढ्यो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५१६ पटक
काठमाडौं

काठमाडौ – दशैको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने निर्णय गरेको छ। इन्धनको मूल्य बढेकोले यातायात व्यबसायिले भाडा वृद्धि गर्न दबाब दिएपछि व्यबसायी सामु दुईतिहाई सरकार झुकेको हो ।  र

आज शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर बढाउने सहमति जुटेको हो। यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने लगायतका माग राखेर दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार उनीहरुको माग अनुसार भाडा बढाउन बाध्य भएको हो। वार्तामा अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएपनि मिति भने तोकिएको छैन।

वार्ताको क्रममा  यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ । सरकारले सिन्डिकेट खारेज गर्ने भन्दै २४५ समितिको बैंक खाता रोकेको थियो ।

२०७५ असोज ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्