News Portal

कविता : ‘भुलेउ है प्रचण्ड’

-रमेश न्यौपानेकाठमाडौं
६०७ पटक
काठमाडौं

 

म त तिमीलाई

साच्चै

राष्टको नाएक ठान्थे

तर

तिमी बदलिएछौ

ति दुखी गरीबसंग

गरेका बाचा कसम

बुढि आमालाई देखाएको

राष्ट्रवादी प्रेम

आजकाल आफ्नो पद पाएर

भुलेउ है प्रचन्ड !

तिमीलाई थाहा छ होला

माल्कोटको मकैको रोटी सिस्नुको तरकारी

अनि त्यो उनको कोट लाएको

आजकाल चौरासी बेञ्जन खान्छौ

ठुलो ठुलो घरमा बस्छौ

चिप्लो कारमा हिडछौ

अनि त्यो घुम्ने कुर्सीमा बसिरहदा

ति गरीबका गुन

भुलेउ है प्रचन्ड !!

तिमीलाई साथ दिन

म गए बाबा जानु भो आमा पनि गैइन

दिदी नी जानु भो

तर

कोही फर्केनन

लोकतन्त्र ल्याउन गएका बुवा

आमा र दिदिको सव ल्याएर आए

आखिर यो सव कस्को लागि ?

गयो ज्यान तिमीले कुर्सी पाएर

टुहुरा छोराछोरीलाई

भुलेउ है प्रचन्ड !!!

दिदी बलात्कार भैइन

बाबाको छातीमा गोली लाग्यो

आमाको अस्मिता लूटियो

तर पनि तिमी केही बोलेनौ

सबै सहिद भए

अनि लोकतन्त्र आयो

राजतन्त्र हटेयो

हातमा माइक राखेर भन्थेउ

म सहिदको रगतको १-१ मुल्य तिर्छु भनेर

तर आफ्नै रगतको मुल्य तिर्दा

सबै सहिदलाई

भुलेउ है प्रचन्ड !!!!

२०७५ असोज ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्