News Portal

एग्रो टाइम्स मासिक पत्रिका छैटौँ बर्षमा प्रबेश, कृर्षि मेला सम्पन्न

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५०८ पटक
काठमाडौं

काठमाडौँ –  एग्रो टाइम्स मासिक पत्रिका छैठौ वर्षमा प्रवेश गरेको छ । विगत ५ बर्षदेखी प्रकाशन भईरहेको एग्रो टाइम्स मिडिया नेटर्वद्धारा प्रकाशित कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मासिक पत्रिकाले छैठौँ बर्ष पुगेको अवसरमा बार्षिकोत्सव कार्यक्रम तथा एग्रो टाइम्स कृषि मेला २०७५ सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेकी प्रदेश नं ३ दोलखाकी सांसद रोशनी खड्का तथा विशिष्ट अतिथीको रुपमा रहेका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्र कुमार कार्कीले कृषिमा योगदान पु¥याईरहेका ७ जनालाई सम्मान गरेका छन् । सम्मानित हुनेहरुमा रोहित थापा, घननाथ महत्तो, अम्बिका प्रसाद अधिकारी, रीता बास्ताकोटी, अजय तामाङ, योगेन्द्र बहादुर खड्का र उमानाथ पौड्याल रहेका छन् ।

कार्यक्रममा सांसद खड्काले एग्रो टाइम्स मिडियाले कृषि कृषकमा पु¥याएको योगदानको खुलेर प्रशंसा गर्दै निरन्तरताका लागि समेत दिइन भने विशिष्ट अतिथीको रुपमा रहेका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कार्कीले कृषि र कृषकका बिचमा पुलको काम गरीरहेकोमा खुशी व्यक्त गर्दै नियमित निरन्तरताका लागि समेत शुभकामना व्यक्त गरे । कार्कीले कार्यक्रममा मन्त्रालयका नितीगत तथा प्राविधिक कुरामा प्रकाश पारेका थिए र मन्त्रालयले विगतमा गरेका कार्यक्रमहरुका के–कस्ता कमजोरीहरु रहे र तिनिहरुलाई सच्याउदै आम किसानलाई कृषि कर्ममा लाग्न र युवालाई कृषि पेशामा आकर्षित गराउन मन्त्रालय लागिरहेको बताए ।

कार्यक्रममा बोल्दै एन्टि करप्सन मुभमेन्टका राष्ट्रिय सचिव सुरजित दत्तले किसानहरु किन गरीब भए र राज्यबाट किसानले पाउने अनुदान तथा सुविधाहरु वास्तविक किसानमा किन पुगेन भन्ने बारेमा प्रकाश पार्दै पत्रिकाको निरन्तरताको लागि समेत शुभकामना दिए । च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष पि.एन. अधिकारीले च्याउ क्षेत्रका समस्याहरुलाई सरकारले वास्ता नगरेको र किसानहरुले सहयोग नपाएको गुनासो व्यक्त गर्दै पत्रिकाले भने च्याउ क्षेत्रको प्रवद्र्धनका लागि सहयोग तथा प्रचार प्रसार गरीरहेको कुरा प्रकाश पारे ।

कार्यक्रममा बोल्दै किसान चौतारी नेपालका सचिव टिका अविरलले किसानहरु एकजुट भएर कृषि र कृषि उत्पादनमा लाग्नुपर्ने बताउदै पत्रिकालाई निरन्तरताको लागि समेत शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कृषि वनका अध्यक्ष राम प्रसाद गौतमले कृषि र कृषि पर्यटनको लागि सबेको साथ र सहयोगको अपेक्षा गर्दै पत्रिकालाई निरन्तरताको लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा एग्रो टाइम्सले ललितपुरका बिउ उत्पादक कृषक कृष्ण बहादुर घिमिरेलाई लाइफ टाइम एचिभमेन्ट कृषि अवार्ड २०७५ बाट सम्मान गरेको थियो । कार्यक्रममा कृषि क्षेत्रकै माध्यमबाट समाजको लागि योगदान पु¥याइरहेका व्यक्तिहरुलाई सम्मान गरीएको थियो ।

एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले सबैको साथ सहयोगबाट नै एग्रो टाइम्स मासिक पत्रिका यहाँँसम्म आएको अवगत गराँउदै आगामी दिनमा पनि सबैको साथ सहयोग रहने कुरामा आँफु दृढ रहेको बताउदै हामीले कृषि र कृषकहरुमाझ सहकार्यको एउटा मार्गदर्शको रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । बार्षिकोत्सव कार्यक्रममै एग्रो टाइम्स कृषि मेला समेत राखिएको थियो मेलामा विभिन्न किसानहरुले उत्पादन गरेका अर्गानिक कृषि उपज र प्रविधिहरुको प्रदर्शनी पनि गरीएको थियो । कार्यक्रममा हास्य कलाकार टंक डुम्रेले कृषि र किसानका लागि चेतनामुलक हास्य प्रस्तुत गरेका थिए । कार्यक्रम एग्रो टाइम्सकि सम्पादक दिपिका रिजालको सभापतित्वमा सम्पन्न भएको थियो ।

२०७५ असोज ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्