News Portal

कांग्रेसद्वारा न्यायाधीश जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई आग्रह

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३६ पटक
काठमाडौं

असोज ७, काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई सचेत गराएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीमाथि महाअभियोग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गरेको सुनेको बताए ।

महाअभियोग समान्य अवस्थामा प्रयोग गर्ने अस्त्र नभएको भन्दै उनले कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरे । कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको र जनताले त्यसको दण्ड पनि दिएको भन्दै उनले भने, ‘अहिले तत्कालीन लाभ लिन सकिएला । तर, यसले दुष्परीणाम एउटा पार्टीले मात्र होइन राज्यले व्यहोर्नुपर्छ । त्यसैले कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन सत्तारुढ दललाई आग्रह गर्छु ।’

न्यायाधीश जोशीलाई राजनीमा दिए दिनुस्, नदिए महाअभियोग लगाउँछौं भन्नु स्वीकार्य नभएको उनले बताए । महाअभियोग लगाउने बस्तुगत कारण छ भने आउनुपर्छ तर, अहिले त्यस्तो बस्तुगत आधार नभएको उनले बताए ।

२०७५ असोज ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्