News Portal

निर्मला हत्या प्रकरण : एसपी बिष्टसहित प्रहरीहरुको झुट बोलेको पत्ता लगाउने प्रविधि पोलिग्राफ परिक्षण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५१४ पटक
काठमाडौं

असोज ७, काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको  झुट बोलेको पत्ता लगाउने प्रविधि पोलिग्राफ परिक्षण गरिएको छ। डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो।

स्रोतका अुनसार समितिले निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने काम भइरहेको छ।

‘फिल्डमा खटिएका प्रहरीको परीक्षण सकिएको छ, तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायतको पनि पोलिग्राफ परीक्षण हुँदैछ,’ स्रोतले भन्यो।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीबारे अन्य अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता एसएसपी शैलस थापा क्षेत्रीले जानकारी दिए।

यसअघिनै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परिसकेका थिए।

घटनाका बारेमा अनुसन्धान गर्न उनी लगाएत ३ जनाको डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ।

२०७५ असोज ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्