News Portal

निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने काँग्रेस नेता डा. रिजालको भनाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९२ पटक
काठमाडौं

असोज ७, काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने स्पष्ट पारेको छ । काँग्रेस नेता डा. मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने प्रष्ट पारेका हुन् ।
निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था नै उचित रहेको उनको तर्क थियो ।

आइतबार काठमाडौंमा आयोजित ‘वर्तमान निर्वाचन प्रणाली कति उपयुक्त ?’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दावी पनि गरे ।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आफूले पाउनुपर्ने माग गर्दै आएको छ । नेता रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरुको बढि हुने भएकाले त्यसमा थप बहसको आवश्यक्ता तत्कालका लागि नरहेको पनि स्मरण गराए ।

काँग्रेस नेता रिजालले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउने काम गर्न नहुने पनि स्पष्ट पारे ।

२०७५ असोज ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्