News Portal

यस्तो छ आज असोज ८ गते सोमवारको राशिफल !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१९ पटक
काठमाडौं

असोज ८, काठमाडौ- पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज ८ गते। सोमबार। इश्वी सन् २०१८ सेप्टेम्बर २४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्दशी, ६:३१ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– पूर्वभाद्रपदा, २४:१२ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– गण्ड, २९:४० बजेउप्रान्त वृद्धि। करण– वणिज, ६:३१ बजेदेखि भद्रा, १९:०९ बजेउप्रान्त वव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– कुम्भ, १७:४६ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान ३० घडी ०९ पला। मष्टा पूर्णिमा व्रत। कुमारी इन्द्रजात्रा। लड्कु ढँडार मष्टोपूजा। सदगुरु श्री देवचन्द्र महाराजको धामगमन।

मेष– पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ ।
वृष– मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
मिथुन– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ ।
कर्कट– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ ।
सिंह– बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
कन्या– मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
तुला– कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला ।
वृश्चिक– स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला ।
धनु– अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ ।
मकर– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ ।
कुम्भ– परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ ।
मीन– प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ ।

08 गतेको बिशेष काम गर्ने राम्रो समय दिउसो 12:55 देखि 01:55 सम्म छ यो समय चन्द्र होराको हो । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन।

08 गते राहु काल बिहान 07:25 देखि 8:55 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ।

08 गते खिर, दुध, हलुवा यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ।

08 गते कुनै बिशेष यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

08 गतेका लागि सहित जुरेका कामहरु कुनै पनि मंगल कार्य, पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको कामका लागि रामो छ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ असोज ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्