News Portal

को हुन् धिरु बस्न्यात ? यस्तो छ नेपाल प्रहरीमा इतिहास !

जनता टाईम्स काठमाडौं
२७७९ पटक
काठमाडौं

असोज ८, काठमाडौ-  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार (मन्त्रीपरिषद) को असोज ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको छ  ।

प्रहरी महानिरीक्षक खनालले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टीकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको राम्ररी प्रदर्शन गरी महत्वपूर्ण ढंगले काम गर्नुपर्ने बताए  ।

प्रहरी संगठनलाई हामीले चाहे जस्तो उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि संगठनका प्रत्येक सदस्यले संगठनप्रतिको निष्ठा र इमान्दारिता प्रदर्शन गर्दै अझै सशक्त ढंगले काम गर्नु पर्नेमा जोड दिए ।

को हुन् धिरु बस्न्यात ? यस्तो छ  नेपाल प्रहरीमा इतिहास !

प्रहरी अतिरिक्त महानिरिक्षक धिरु बस्न्यात अन्बेषण, अनुसन्धान एवं जनशक्ति बिकाश, सृजनात्मक कार्य, परियोजनाहरुमा विशेष भुमिका निर्वाह गर्दै नेपाल प्रहरीको संस्थागत बिकाशको लागि निरन्तर रुपमा योगदान दिँदै सडक सुरक्षा र अपराध नियन्त्रणमा आरएससिसी परियोजनाको शुत्रपात एबम प्रभाबकारी कार्यान्बयन र विद्दुतिय अभिलेखिकरण विकासमा योगदान दिन सक्षम धिरु बस्न्यातका कतिपय नबितम प्रयास र सृजनात्मक उपलब्धिहरु प्रमाणको रुपमा संगठनमा रहेका छन्।

प्रहरी अनुष्ठान, बृह्रत तुलानात्मक, बिश्लेषणात्मक, प्रमाणमुखी कार्ययोजनाप्रति उन्मुख उनी निती निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नसक्ने क्षमतावानको रुपमा दरिएका छन् ।तराईको सम्बेदनशिल जिल्लाहरुमा मधेश आन्दोलन एवं भुमिगत सशस्त्र समुह गतिविधि नियन्त्रणको लागि प्रभावकारी कदम चाली शान्तिसुरक्षा कायम गर्न सफलनेतृत्वदायी भुमिका खेलिससकेका छन्।

कुनैपनि हालतमा कानुनसित सम्झौता नगर्ने, जटिल भन्दा जटिल परिस्थितीसित जुध्न सक्ने सदैब नागरिक प्रहरी सेबामा सदैब समर्पित धिरु बस्न्यातको आफ्नै पहिचान छ।प्रहरी र कानुनको मुल्य मान्यतालाई सदैव आत्मासाथ गरी आफुलाई
परिक्षाको घडीमा लगाउन सक्ने क्षमताबान उनीलाई बिभिन्न छदम्भेषामा विँभिन्न कालखण्डमा तस्कर, गुंण्डा र सगठित अपराधीले हटाउन उनीबिरुद्द जुलुस नारा निकाली राज्यलाई दबाब दिई हटाउन खोज्दासमेत उनीको समर्थनमा जमिनसित नाता जोडिएका सर्बसाधारणहरुले नारा जुलुस निकालेको उदाहरणहरु ताजा स्मरणमा छ।

सामान्य अवस्था भन्दा बिषम परिस्थितीमा नेपाल प्रहरी सगठन एवं राज्यले उनलाई उपयोग गरेका प्रशस्त उदाहरणहरु छन् । वर्तमान अवस्थामा समेत सोही क्रममा कंचनपुर घटना अनुसन्धान एवंम छानबिनको लागि ढिलै भए पनि उनीलाई खटाएको छ।कानुन, राज्यप्रति र साँगठानिक शाख बचाउन मिनेट मिनेटलाई मुल्यमा परिणत गर्न कडा अठोटका साथ उनी र उनका टिमहरुले भगिरथ प्रयास गरिराखेका छन्।

सयुक्त राष्ट्रसंघ मिसन दुई बर्ष र ईन्टरपोलको दुई बर्ष गरीमा रही चार बर्षको अन्तराष्ट्रिय अनुभबप्राप्त र ४० वटा देश भम्रणको अन्तराष्ट्रिय अनुभव प्राप्त उनी हाल डिआइजी पदमै रहदा एआईजिपी प्रमुख हुने अपराध अनुसन्धानको जिम्मेबारी सम्हाल्दै मेलेशिया बैदैशिक रोजगारी ठगी सञ्जाल तहसनहस पार्न नेतृत्वदायी भुमिका निर्वाह गरे ।

यस्तै अपराध अनुसन्धानको विशिष्टीकरणमा सक्रिय रुपमा रही राष्ट्रियस्तरमै पहिलो पटक प्रादेशिक स्तरमा नयाँ फौजदारी अपराध सँहिता मुलुकी ऐन प्रभावकारी कार्यान्वयनको लागि सातै प्रदेशमा कार्यशाला गोष्ठि सफलता पुर्बक समापन गरेको परिस्थिती र निर्मला पन्तको हत्या अनूसन्धानको बिशेष जिम्मेबारी पाउदा पाउदै हाल नेतृत्व गरिरहेको अपराध अनुसन्धान बिभागमा निरन्तरता दिनुपर्नेमा एक्कासी नेपाल प्रहरी प्रतिष्ठानमा सरुवा गरी अर्कै प्रकृतिको कार्य क्षेत्रमा खटाईनु तर्कसंगत देखिदैन ।

निलो प्रहरी बर्दिभित्र रहेको कानुनी शक्ति र त्यसको पहिचानबाट उठान हुने उत्पेरणाको श्रोतको दाजोमा अरु कुनै कुरा हुनै नसक्ने उनी बताउछन्। यसकै जडबाट सदैब उच्च मनोबलका साथ लागिरहने व्यक्तित्वको धनी धिरु बस्न्यात कुनैपनि जिम्मेवारी क्षेत्रहरुमा उभिदा मात्रै आधा अपराध आफै नियन्त्रण हुने गर्दछ। यसको पहिलो कडि प्रहरीले बनाएको ऐतिहासिक छवी बाहेक केही होइन। टेड्मार्क सितिमिती बन्दैबन्दैन यस्को लागि बर्षौको लगानी हुन्छ। कुनैपनि सर्वधारणको न्यायको लागि कानुनी लडाईमा दरिलो खुट्टामा उभिई अपराधीलाई कानुनको दायरामा ल्याउने प्रहरीको सत्यको सानो झिल्कोले अझगको झुटो पहाडलाई गर्लंम्भ लडाई दिन्छ भने जस्तै उनको निष्ठावान छविले बदमाशहरुको सातो उडाउछ।

काठमाडौं रानीपोखरीस्थित लाईसेन्स शाखा जहा कयौं प्रहरी अधिकृत जान मरिहत्ते गर्दैथे तर उक्त स्थानमा काम गर्दागर्दै चारैतिरबाट उनलाई अभिमन्यु बनाउने कोशिस भए तर उनले गलत प्रबृतीसित सम्झौता गर्नु भन्दा बरु उक्त स्थान छोड्न रिझाएर आफ्नो शाख गिर्न नदिन सोहीअनरुप गरे पनि । जसोतसो गरेर आफूमाथि जाने र मुनीकालाई अनुशासन र कमाण्ड गर्ने प्रवृतीलाई कुनैपनि हालतमा संगठन, राज्यले स्वामित्व ग्रहण गर्दैन। सबैले यसमा हेक्का राखे हुन्छ।

२०७५ असोज ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्