News Portal

संविधानले कसैलाई पनि विभेद नगरेको प्रधानमन्त्री ओलीको भनाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७८ पटक
काठमाडौं

भदौ २, जनकपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई पनि विभेद नगरेको बताएका छन् । प्रदेश २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले संविधानले मधेशलाई विभेद नगरेको र त्यतो पाइए संविधान, कानून संशोधन हुने बताए ।

उनले भने, “कहाँ विभेद छ देखाउनुहोस् संघीय सरकारले संशोधन गर्छ । विभेद छ भन्ने देखिएमा हटाउँछ ।”

विभेदका विरुद्ध आफूले ५४ वर्षदेखि संघर्ष गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले विभेद हटाउन संघर्ष गरेको व्यक्तिले विभेद बोकेर नहिँड्ने प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरे । प्रदेश नम्बर २ मा सबैभन्दा धेरै विरोध भएको भन्दै उनले संघीय सरकारले अन्य प्रदेशभन्दा धेरै २ नम्बर प्रदेशमा काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले संघीयता नयाँ अभ्यास भएकाले केही समस्या आउन सक्ने तर, संघर्ष नभई सहकार्य गर्न आग्रह गरे ।

२०७५ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्