News Portal

निर्मला हत्या प्रकरणले लियो नयाँ रुप : अनुसन्धानमा प्रहरीले कुकुर प्रयोग गर्न नसक्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७२४ पटक
काठमाडौं

असोज ८ काठमाडौँ- निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले फेरि नयाँ रुप लिएको छ । हत्यापछिको अनुसन्धानमा प्रहरीले कुकुर प्रयोग नगरेको भन्ने आरोप लागिरहेका बेला कुकुर प्रयोग गर्न सक्ने अवस्था नै नरहेका कुरा बाहिर आएको छ ।
अनुसन्धानमा खटिएको प्रहरीको भुमिका नै संकास्पद भन्दै छानविन गर्न एआइजी धिरु बस्न्यात नेतृत्वमा समिति गठन गरिएको थियो ।

समितिले कुकुर प्रयोग गर्न सकिन्थ्यो कि सकिदैनथ्यो भन्ने बारे डक स्कुलसँग सोधपुछ गरेको छ ।

डग स्कूलले निर्मलाको केशमा कुकुर प्रयोग गर्न सक्ने अवस्था नरहेको जवाफ फर्काएको स्रोतले जानकारी दियो । निर्मलाको शव पानीममाथि रहेको पानीमा गन्ध नहुने भएकाले कुकुर प्रयोग गर्न सक्ने अवस्था नरहेको बताएको हो ।
त्यसैगरी किताब, साइकल भएको ठाउँ पनि सुरक्षित भनएकाले त्यस ठाउामा पनि कुकुर प्रयोग गर्न नसकिने बताइएको छ ।

बोल्न नसक्ने एक व्यक्तिले साइकल पुछ्दै गरेको बताइएका उक्त ठाउँ पनि सुरक्षित नभएकाले कुकुरको प्रयोग गर्न नसकिएको हो ।
सिआइबीको टोली घटना भएको तीन दिनपछि कञ्चनपुर पुगेकाले त्यसबेला सबै प्रमाण नष्ट भइसकेको घटनास्थल सुरक्षित नभएकाले कुकुर प्रयोगको औचित्य नभएको सिआइबीका डिएसपी अंगुर जिसीले जवाफ दिएका छन् ।

कुकुरको प्रयोग घटनास्थल सुरक्षित राखेर जतिसक्दो छिटो २४ घण्टाभित्र प्रयोग गर्न सकिने बताइएको छ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त गएको साउन १० गते वेपत्ता भएकी थिइन् । उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो । पन्तको हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन ।

२०७५ असोज ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्