News Portal

कांग्रेस नेता अर्जुननरसिंह केसीले भने : ‘पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन’

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०६ पटक
काठमाडौं

असोज ८, काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गरेका छन्  ।

रिपोर्टर्स क्लब नेपालद्वारा  आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिए । “सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ”, उनले भने । नेता केसीले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोडदिए  ।

२०७५ असोज ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्