
भदौ २, काठमाडौं – यहि अगष्ट २७ गतेबाट सेप्टेम्बर छ तारिख सम्म मलेसियामा आयोजना हुने एसिया कप छनोटको लागि नेपाली राष्ट्रिय टोलीमा अलराउन्डर सागर पुन र मध्यक्रमका ब्याट्सम्यान बिनोद भण्डारीले पुनरागमन गरेका छन् ।
आज सार्वजनिक गरिएको टोलीमा यहि अगष्ट १ र ३ तारिखमा नेदरल्यान्ड्समा सम्पन्न भएको नेपालको डेब्यु एकदिवशिय टोली मध्यमा सागर र भण्डारीले आफ्नो स्थान सुरक्षित बनाएका हुन् । डेब्यु टोलीमा सहभागि मध्य शक्ति गौचन र शरद भेषवाकर टोलीमा छैनन् । शक्तिले यस अघि नै राष्ट्रिय टोलीको लागि नेदरल्यान्ड्स भ्रमण आफ्नो अन्तिम वैदेशिक भ्रमण रहेको जनाएका थिए भने पहिलो एकदिवशिय खेलका क्रममा फिल्डिङ गर्दा शरदको औंला भाँच्चिएको थियो ।
पछिल्लो पटक फर्म खस्किएका कारण सागर र भण्डारी टोलीमा अटान सकेका थिएनन् । उनीहरुले पछिल्लो पटक नेपालको लागि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गग युएई बिरुद्धको अन्तिम लेगमा खेलेका थिए ।
यस अघि १९ जना बन्द प्रशिक्षणका लागि छनोट गरिएकोमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी बैकल्पिकमा परेका छन् ।
यस्तै नेपाली टोलीले एसिया कप छनोटको लागि श्रीलंकामा तीन अभ्यास खेल पनि खेल्ने भएको छ । यसका लागि नेपाली टोली सोमबार श्रीलंका जानेछ ।
नेपाली टोली
- पारस खड्का
- ज्ञानेन्द्र मल्ल
- बसन्त रेग्मि
- सोमपाल कामी
- सुबास खकुरेल
- बिनोद भण्डारी
- दिपेन्द्र सिंह ऐरी
- सन्दिप लामिछाने
- करण केसी
- ललित सिंह भण्डारी
- अनिल कुमार शाह
- ललित नारायण राजबंशी
- सागर पुन
- आरिफ शेख
- रोहित कुमार पौडेल
बैकल्पिक खेलाडी
- किशोर महतो
- प्रदिप ऐरी
- सुनिल धमला
२०७५ भदौ २ गते प्रकाशित
