News Portal

आजदेखि १६ श्राद्ध सुरु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४० पटक
काठमाडौं

असोज ९, काठमाडौं – आजदेखि पितृ पक्ष अर्थात १६ श्राद्ध सुरु भएको छ । हिन्दु धर्म अनुसार पितृलाई भगवान अनि पितृकर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ । १६ श्राद्धमा पितृहरुलाई श्रद्धाभक्ति पुर्वक पितृ तर्पण र पिण्ड दिने चलन रहेको छ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ–आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन् भन्ने शास्त्रीय मान्यता रहेको छ । श्राद्धको दिन श्राद्ध गर्नेको घरमा आफन्तहरुको विशेष चहलपहल हुने गर्दछ ।

आफन्त अनि पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फर्ने गर्दछन् । श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ । श्राद्धको दिन मौलिक विशेषता बोकेका पारम्परीक नैवेद्य तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइने चलन छ । श्राद्ध गरेर पितृलाई बिदाई गरेपछि दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ ।

२०७५ असोज ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्