News Portal

कविता : ‘नयाँ घर’

प्रेमकृष्ण श्रेष्ठ
२११ पटक

छोरोले उटा नयाँ घर देखाएर

भन्यो
—बाँ, तपाईको नयाँ घर यो
यहाँ शान्ती छ, सुख छ
महादेवको मन्दिर हो यो
एक्लै हुँदैन यता तपाई
धेरै मन मिल्ने साथीहरु हुन्छन्
बाउले आँखाभरि आँसु पारेर
सम्झयो

यस्तै एउटा घर देखाएर
बोलेको त्यो दिन

—बाबु, यो तिम्रो नयाँ घर हो
यहाँ शान्ति छ, सुख छ
सरस्वतीको मन्दिर हो यो
एक्लै हुँदैन यता तिमी
धेरै मन मिल्ने साथीहरु हुन्छन्
दुवैले चिनाउन त चिनाएकै हो
नयाँ घर

फरक यति
बाबुले बिद्यालय चिनाएको थियो
छोराले बृद्धाश्रम चिनाएको रहेछ !

२०७७ बैशाख १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्