News Portal

विप्लव नेतृत्वको नेकपाले दियो राहत वितरणलाई तिब्रता

मोटिभेटन्यूज संवाददाता
९८ पटक

अछाम – विश्व कोरोनाको प्रभावले आक्रान्ति छ । नेपालमा एक महिना भन्दा अघिदेखि रोरोनाको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भइरहेको छ ।

धेरै श्रमिक जनताहरुलाई छाक टार्न मुस्किल भएको छ । यसविचमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लकडाउज पिडितहरुलाई राहत वितरण गर्ने कार्यलाई तिब्रता दिएको छ । अछाममा सरकारद्वारा विनाकारण गिरफ्तार गरिएका १० जना राजबन्दी र अछाम जिल्ला भरका १२६ जना सहिद तथा वेपत्ता परिवारलाई राहत वितरण गर्नुभएको छ ।

राहत वितरण कार्यक्रमको पहिलो दिन शुक्रबार १३ जनालाई राहत वाडिएको अछाम जिल्ला जनसरकार प्रमुख सौगातले बताए । सरकारले गरेको राहत वितरण कार्य प्रचारमुखी र कार्यकर्ता पोस्ने मात्र भएकाले आफूहरुले पिडितलाई राहत दिन परेको उनको भनाई छ ।

वन्दावन्दी अर्थात लगडाउनको वेला मूल्य वृद्धि गर्ने जो कोहीलाई पनि कडा कार्वाहीको माग गर्दै अटेरी गरे आफ्नो पार्टीले कारवाही गर्ने शौगालको भनाई छ ।

राहत वितरण कार्य अझै केहिदिन रहने उनको भनाई छ ।

२०७७ बैशाख १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्