News Portal

सेती प्रादेशिक अस्पताल प्रवेशको मुल मुलगेटमा सेनेटाईजर मेसिन

मोटिभेटन्यूज संवाददाता
१७४ पटक

धनगढी – बिश्वब्यापिरुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सेती प्रादेशिक अस्पतालको मुलगेटमा सेनेटाईजर बुथ राखिएको छ ।

प्रगतिशिल इन्जिनिर्यस एसोसियशन सुदूरपश्चिम प्रदेश समितिले सेनिटाईज गरेर मात्र अस्पताल भित्राउने व्यवस्था भएको बुथ राखेको हो । एसोसियशनको प्रदेश कार्यसमितिले शुक्रबार सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीको उपस्थितीमा अस्पताल समितिलाई हस्तान्तरण गरेको थियो ।

पुर्वमन्त्री सोडारीले सेनिटाईज गरेर बुथको उद्घाटन गरेका थिए । सोही अवसरमा सोडारीले विश्वमा मानविय संकट भएको बेला अस्पताललाई सहयोग गरेको भन्दै इन्जिनियर्स एसोसियसनलाई धन्यवाद दिए । उनले संकटमा सबैले आआफ्नो ठाउँबाट सकिने सहयोग गर्न आग्रह समेत गरे ।

एसोसियनले ल्याएको प्रविधियुक्त मेसिनले अस्पातालाई ठूलो राहत पुगेको भन्दै पूर्वमन्त्री सोडारीले प्रशंसा समेत गरे । अस्पताल हरेक व्यक्तिले सेनिटाईज गरेर मात्रै प्रवेश गर्नु पर्ने भएको छ । अस्पतालमा प्रवेश गर्ने जनताहरु सुरक्षित राख्ने अभिप्रायको साथ अनिवार्य सेनेटाईज गरेर मात्रै अस्पताल भित्रने व्यवस्था सहितको बुथ हस्तान्तरण गरेको एसोसियशनका अध्यक्ष गोकुल जोशीले बताए ।

सुदूरपश्चिमको एकमात्र रेफरल अस्पतालको रुपमा सेती प्रादशिक अस्पताल रहेको छ । सयौँको संख्यामा विरामी आउने गर्दछन् । सोही अस्पताललाई प्रदेश सकारले कोरोना विशेष अस्पतालको रुपमा राखेको छ । सबै भन्द बढी संक्रमणको जोखिम अस्पताल क्षेत्र रहेकाले सजग हुनको लागि सेनेटाईज मेसिन जडानले धेरै राम्रो काम गर्ने अस्पतालका अध्यक्ष दुर्गा जोशीले बताए ।

प्रगतिशिल इन्जिनिर्यस एसोशियशनले सो मेसिन १ लाख रुपैया लागतमा निर्माण गरेको जनाएको छ । जडान गरिएको मेसिनले एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने व्यवस्था गरेको छ । रोवोटिक एसोशियन अफ नेपाल सुदूरपश्चिमले सो मेसिनको निर्माण गरेको एशोसियशनका सचिव दिनेश बोहराले जानकारी दिए ।

उनले एशोसियशनमा आवद्ध इन्जिनियरहरुको आर्थिक सहयोगमा बुथ अस्पताललाई बुझाएको जानकारी दिए । उनले आवश्यक परे अन्य प्राविधिक सहयोग गर्न समिति तप्तर रहेको बताए ।

२०७७ बैशाख १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्