News Portal

नेपालमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १२ पुग्यो

मोटिभेटन्यूज संवाददाता
१४८ पटक

चितवन – कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन्। कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ‘मेडिकल टिम बसेर निर्णय गर्छ, सम्भवतस् डिस्चार्ज गर्छौँ, अहिलेसम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन्,’ सूचना अधिकारी पौडेलले भने ।

ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो । उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने सूचना अधिकारी पौडेलले बताए ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा छोराको र्‍यापिड टेस्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

उनीसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १२ पुगेको छ ।

२०७७ बैशाख १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्