News Portal

विश्व स्वास्थ्य संगठनले फेरी दियो चेतावनी, ‘निको भइसकेकाबाट ढुक्क नहुनुहोस्’

मोटिभेटन्यूज संवाददाता
६७ पटक

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले फेरी अर्को चेतावनी दिएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट निको भइसकेका बिरामीलाई यो भाइरसको संक्रमण फेरि पनि देखिन सक्ने भन्दै सचेत रहन चेतावनी दिएको हो ।

अहिलेसम्म पुन कोरोना भाइरसको संक्रमण देखिँदैन भन्ने कुनै प्रमाण फेला नपरेको भन्दै डब्लुएचओले सचेत गराएको हो । साथै डब्ल्यूएचओले शरीरमा विकास भएको एन्टिबडीले दोस्रोपटक हुन सक्ने संक्रमणबाट बचाउँछ भन्ने प्रमाण पनि नपाइएको डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन चेतावनी दिएको छ । एकपटक निको भइसकेका बिरामीमा पुनः यो भाइरसको संक्रमण हुँदैन भन्ने कुनै ग्यारेन्टी नभएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्ने डब्ल्यूएचओले बताएको छ ।

केही मुलुकहरुले कोरोना भाइरसको एन्टिबडी विकास भएका मानिसमा पुनः कोरोना भाइरसको संक्रमण नहुने सुझाव दिइरहेको भन्दै डब्ल्यूएचओले यस्तो कार्यले कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने बताएको छ ।

डब्ल्यूएचओले अहिले पनि एन्टिबडीले भाइरसविरुद्ध कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।स्रोत स् रोयटर्स

२०७७ बैशाख १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्