News Portal

पीडितलाई सहयोग गर्ने कसैलाई नरोक्न कांग्रेस सहमहामन्त्री महतको आग्रह

मोटिभेटन्यूज संवाददाता
१९२ पटक

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले पिडितलाई सहयोग गर्ने कसैलाई नरोक्न सरकारलाई आग्रह गरेको छन । सामाजिक संजाल मार्फत डा. महतले पीडितलाई सिधै सहयोग गर्नेहरुलार्इ रोक्ने र हतोत्साही गर्ने घटना भएको भन्दै यस्तो नगर्न सरकारलाई सुझाव दिएका हुन ।

उनले दैनिक ज्यालादारीमा जिविका निर्वाह गर्नेहरु र निम्न आय भएका नागरिकहरूले आधारभुत सामाग्री र खाद्य अभावको संकट झेल्दै आएको बताए । यस अवस्थामा बर्तमान सरकारको राहत बितरणको एकद्वार नितिको औचित्य र विश्वसनियतामा गम्भीर प्रश्न उठेको उनको ठहर छ ।

महतले राहत बितरण गर्दा नागरिकमाथि भेदभावपूर्ण व्यवहार गरेकोसमेत जिकिर गरेका छन । कांग्रेसले सरकार मार्फत राहतका लागि सुरुमै पचास लाख कोरोना कोषमा जम्मा गरेको भन्दै सरकारले राहत वितरण गर्दा भेदभाव गरेको उनको ठहरे छ ।

देशभरी हाम्रो पार्टीसहित विभिन्न खालका संघ संस्थाहरु र आम नागरिकहरुले सरकारी निकाय मार्फत सहयोग गरेको र उक्त राहत सरकारले दुरपयोग गरेको भन्दै दुःख व्यक्त गरेका छन ।

२०७७ बैशाख १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्