News Portal

प्रदेश १ मा ३१ जनामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
९३ पटक

विराटनगर – प्रदेश १ मा हालसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३१ पुगेको छ । ८ सय ९ जनाको कोरोना परीक्षण गराइएकोमा ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी)बाट कूल चार हजार ८ सय २८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ ।

हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या दुई हजार ९२ पुगेको छ। प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

२०७७ बैशाख १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्