News Portal

बजेट बहस : एकलाख घरको छानो फेरिने, काठमाडौंमा नयाँ सहर बन्ने

मोटिभेटन्यूज संवाददाता
१०१ पटक

काठमाडौं – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत् काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापनका लागि आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने जानकारी दिएका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयमा सांसदहरुसँगको छलफलमा मन्त्री मानन्धरले प्रस्तावित टोखा–छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिएका हुन् ।

उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ ।

यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा–तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ ।

२०७७ बैशाख १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्