News Portal

पत्रकार दीपक पाठक पक्राउ

मोटिभेटन्यूज संवाददाता
७९ पटक

काठमाडौं – रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे ।

साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनायो ।

२०७७ बैशाख १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्