News Portal

डोटीबाट मानसरोवरसम्म जाने सडकलाई राष्ट्रिय राजमार्गको रुपमा विकास गरिनुपर्छ : सांसद आले

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०८ पटक
काठमाडौं

नेकपाका सांसद प्रेमबहादुर आलेले खुफिया – दिपायल – बझाङ– चैनपुर हुँदै तिब्बतको मानसरोवरसम्म जाने सडकका लागि केपी ओली नेतृत्वको अघिल्लो सरकारको पालामा द्रुत गतिमा काम गर्ने भनेर विनियोजन गरेको ४० करोड रकम कटौती गरिनु उचित नभएको बताएका छन् ।
आज संसदमा बोल्दै सांसद आलेले यस सडक निर्माण पूर्वमन्त्री लेखराज भट्टले सुरुआत गरेको उल्लेख गर्दै कुनै किसिमको काम नै नगरी हाल आएर सो सडक मन्त्रालयले प्रदेश सरकारमा पठाएकोमा असन्तुष्टि जनाए । उनले प्रदेश नम्बर ७ मा जम्मा ११ करोड मात्र बजेट भएकाले प्रदेशले यो सडकको निर्माण गर्न नसक्ने बताए ।

‘मैले यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सडक विभागका महानिर्देशकसँग यो सडकलाई राष्ट्रिय राजमार्गको रुपमा अगाडि बढाउन पटक पटक कुरा गरिसकेको छु, मन्त्रीले यसलाई गम्भीरतापूर्वक लिएको र छिट्टै क्याबिनटबाट पास गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ, म यसका लागि मन्त्रीज्यूप्रति आभारी छु ’ आलेले संसदमा भने ।

प्रदेश नम्बर ७ को विकासमा यस सडकको धेरै ठुलो महत्व भएको उनले बताए ।

२०७५ असोज १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्