News Portal

प्रधानमन्त्रीले किन भेटे प्रधानन्यायाधीश र अख्तियार प्रमुख ? के जेल जाँदैछन प्रचण्ड ?

मोटिभेटन्यूज संवाददाता
२०३ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविव कुमार घिमिरेलाई रातारात भेटेका छन । रातीको समयमा भएका दुबै भेटवार्तालाई लिएर संशय पैदा गराएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलह उत्कर्षमा पुगेका बेला उनीहरुलाई प्रधानमन्त्रीले बालुवाटार बोलाउनुले प्रमुख प्रतिपक्षी दलसहित नेकपाभित्रै पनि संशय पैदा गराएको हो । रातिराति भएका संवैधानिक र न्यायालयका प्रमुखसँगको भेटलाई स्वाभाविक मान्न नसकिने कतिपयको धारणा छ भने कतिपय भने यसलाई स्वाभाविक रुपमा लिनुपर्ने तर्क गर्छन् ।

वैशाख १७ गते प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई बालुवाटार बोलाएका प्रधानमन्त्री ओलीले वैशाख १९ गते अख्तियार प्रमुख नवीन कुमार घिमिरेलाई वालुवाटार बोलाएका थिए ।

यता बैशाख ८ गतेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्ता पनि बाक्लिँदै गएको छ । यस विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर ढंगले नियालिरहेको बताएको छ ।

कानुनका जानकार समेत रहेका काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले यस विषयमा वैशाख १७ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

लेखकले भने, ‘राजनीतिक तरलताका बीच प्रधानमन्त्रीजीले प्रधानन्यायधीश र राष्ट्रपतिलगायतसँग बढाएको भेटघाटलाई गम्भीर रुपमा लिनुपर्छ र उनीहरुसँग प्रधानमन्त्रीले नियमित सम्पर्क, भेटघाट गरेको कुरा बाहिर आउनुलाई काँग्रेसले सुक्ष्म ढंगले हेर्नुपर्छ र हेरेको छ, यो कुरा मैले पार्टीको केन्द्रीय कार्यसमितिमा पनि भनेको थिएँ ।’

पार्टीको बढ्दो विवादलाई मध्यनजर गरी प्रधानमन्त्री ओलीले भिन्न विकल्पमा छलफल गर्ने गरेको उनले सुनाए । ‘अहिले सत्तारुढ पार्टीमा द्वन्द्व देखिरहेको छ । यसबाट प्रधानमन्त्रीले अरु धेरै विकल्पमा पनि सोचिराखेको, सरसल्लाह गरिराखेको कुरा मैले बुझेको छु । प्रधानमन्त्रीले आफ्नो राजीनामा माग्यो भने मध्यावधि वा संकटकालमा जाने कुरा गरेको समेत सुनिन्छ,’ लेखकले भने, ‘मध्यावधि त त्यति सजिलो छैन । संविधानमा भएको व्यवस्थाअनुसार मध्यावधि हुनसक्ने अवस्था छैन । अब संकटकालका कुराहरु छ । त्यो के हो रु त्यो त प्रधानमन्त्रीले जान्ने कुरा हो । होइन भने किन प्रधानन्यायधीशलाई भेटिरहेको ?’

राष्ट्रियसभा काँग्रेस संसदीय दलका नेतासमेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीका अनुसार यतिबेला प्रधानमन्त्रीले प्रधानन्यायधीश र अख्तियार प्रमुखसँग भेट्नुले स्वभाविक रुपमा प्रश्न उठाएको छ ।

उनले भने, ‘न्यायपालिकालाई हामीले राज्यको तीन अंगमध्येको एक अंग किन बनायौँ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हामीले संवैधानिक निकायको रुपमा किन स्कीकार गर्नुपर्यो ? हामीले त शक्ति सन्तुलनको सिद्धान्त वा शक्ति पृथकीकरण सिद्धान्तअनुसार एउटाले गरेको काम कारबाहीमा त्रूटि हुन गयो भने अर्कोले रोक्ने किसिमको संयन्त्रका रुपमा राज्यका तीन अंग बनाएका हौँ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ।’

अधिकारीका अनुसार विभिन्न मुलुकको अभ्यास हेरेर कार्यपालिका छातामुनी रहेका निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग यी सबै अंगहरुलाई संवैधानिक दर्जा दिँदै कार्यकरणीबाट अलग बनाइएको थियो ।

एक राजनीतिक विश्लेषकका अनुसार प्रचण्डलाई तर्साउन ओलीले चालबाजी गरेको हुनुपर्छ । जनमुक्ति सेनाको ब्यारेकमा भएको भ्रष्टाचार काण्ड अख्तियारबाट व्युताउने र दन्दकालका मुद्धाहरु अदालतबाट व्युताएर माओवादीका नेताहरुलाई जेल हाल्ने षड्यन्त्र स्वरुप प्रधानमन्त्रीले चलखेल गरेको हुनसक्ने बुझिएको छ ।

२०७७ बैशाख २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्