News Portal

एनप्याब्सन उपाध्यक्ष भुसाल मृत्यु प्रकरण झन रहस्यमय बन्दै, पुर्वमन्त्री सोडारीद्वारा सत्यतथ्य छानविनको माग

मोटिभेटन्यूज संवाददाता
४२७ पटक

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री एब्ंम प्रदेशसभा सदस्य दीर्घ सोडारीले गत बैशाख ११ गते राति मृत अवस्थामा भेटिएका एनप्याब्सनका केन्द्रीय उपाध्यक्षको कृष्णप्रसाद भुसालको परिवारसंग भेटघाट गरेका छन् ।

सोमबार पूर्वमन्त्री सोडारीले शिक्षाविदको निधनले स्तब्ध बनाएको छ भन्दै उहाँप्रति भावपूर्ण श्रधाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न मसुरीया स्थित मृतक भुसालको घरमा पुगेका हुन ।

उनले घट्ना रहस्यमय तरिकाले भएको भन्दै प्रहरी प्रशासानलाई सत्य तथ्य अनुसन्धान तथा छानविन गर्नु पर्ने बताए । सोडारीले भने, ‘एक इमान्दार शिक्षाविद्को मृत्युले मसुरीया क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ, घटनामा संलग्न जस्तोसुकै व्यक्तिलाई कानूनी दायरामा ल्याउनै पर्छ । प्रहरीले अनुसन्धानमा ढिलाई गर्न हुन्न, ।

साथै सोडारीले घट्नको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक हरिशरण भट्टलाई अनुसन्धानमा ढिलाई नर्गन सुझाब दिएका छन् । सुख्खड स्थित इलाका प्रहरी कार्यालय पुगेर सोडारीले घटनाबारे अनुसन्धान गर्न सिआईवि लगाएतको टोली खटाउनुपर्ने बताए ।

बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै स्थानियले प्रदर्शनसमेत शुरु गरेका छन् । स्थानियले प्रिन्सिपल भुसालको मृत्यु प्रकरणको छानविनको माग गर्दै आएका छन् । स्थनियले घटना भएको १२ दिन बितिसक्दा पनि छानबिन नभएको गुनासो गर्दै आएका छन् ।

निजी विद्यालयको संगठन (एनप्याव्सन) का केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसाल बैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० मा मृत अवस्थामा भेटिएका थिए । यता जिल्ला प्रहरी कार्यालय कैलालीले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।

२०७७ बैशाख २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्