News Portal

प्रहरीले बरामद गरेको एक करोड ९ लाख रुपैयाँको रहस्य खुल्यो

मोटिभेटन्यूज संवाददाता
४११ पटक

मोरङ – लकडाउनकै बेलामा पनि तस्करी भइरहेको खुलेको छ । विराटनगरबाट मंगलबार बरमद भएको एक करोड ९ लाख ७४ हजार रुपैयाँ प्रहरीले बरामद गरेपछि यस्तो रहस्य खुलेको हो ।

भारतीय नम्वरको टाटा ४०७ मोडलको (WB73E7635) गाडी भन्सारको एकिकृत जाँच चौकीको भारतीय पक्षबाट नेपाल छिर्ने क्रममा तस्करीबापतको रकम लिएर आएको खुलेको हो ।

स्यानिटाइज गर्ने क्रममा ड्राइभरसँगै क्याविनमा रहेको जुटको बोरामा सिलाएको अवस्थामा प्रहरीले एक कार्टुन पैसा भेटेपछि यसको अनुसन्धान गर्ने क्रममा तस्करीको अनौपचारिक च्यानल भेटेको प्रहरीले जनाएको छ ।

भारतको सिलिगढी गंगानगर वडा नं ५ बस्ने २४ वर्षिय चालक रवि कुमार शर्मा र भारत कैमजहपुर विहार रोउति मिया बडा नं १२ बस्ने १८ वर्षिय पप्पु कुमार रहेको सो सवारीबाट एक करोड ९ लाख ७४ हजार भारतीय रुपैयाँ समेत बरामद भएबाट लकडाउनकै बेलामा पनि भइरहेको तस्करीको एउटा कुरुप पाटो उजागर भएको हो।

सवारी साधनको स्यानिटाइज गर्ने क्रममा क्याविनमा रहेको सिलाएको जुटको बोरामा शंका लागि सशस्त्र प्रहरीले सोध्दा चालकले चियापत्तीको लेभल भनेर भनेपनि वास्तविकतामा फरक दृश्य देखिएपछि सबै चकित परेका थिए।

बोरामा राखेर कस्ले पैसा पठायो भन्ने बारेमा अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली र भन्सारका कर्मचारीहरु छानविन र अनुसन्धानमा जुटेका छन्।

यो घटनाले लकडाउनकै समयमा पनि नेपालबाट र भारततर्फ र भारतबाट नेपालतर्फ भइरहेको चोरी निकासीलाई उजागर गरेको विराटनगरकै एक व्यवसायीले बताए। लकडाउनका कारण नेपाल र भारततर्फ दुबै देशमा हुण्डी कारोवार बन्द जस्तै भएको छ। यस्तो बेलामा रकम तिर्ने काम भने यसैगरि बोरामा राखेर वा यस्तै माध्यमबाट हुन थालेको पोल पनि यो घटनाले खोलेको उनले बताए।

२०७७ बैशाख २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्