News Portal

सकियो कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक, लकडाउन बारे के भयो निर्णय ?

मोटिभेटन्यूज संवाददाता
२०५ पटक

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठक सकिएको छ । बैठकले वैशाख २५ गतेसम्म घोषणा गरिएको लकडाउन अझ बढाउने सहमति भएको बैठकमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताएका ।

लकडाउन कहिलेसम्म हुन्छ भन्ने प्रश्नमा बिडारीले यसको निर्णय मन्त्रिपरिषद बैठकले गर्ने बताए । ‘कोभिड १९ संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ सबै प्रयासहरू जारी राख्ने र हाम्रो मुलुकभित्र कसैलाई पनि मृत्युवरण गर्नुपर्ने स्थिति नआओस् भनेर अझ प्रभावकारी रूपमा काम गर्ने विषयमा छलफल भयो,’ बिडारीले भने ।

२५ गतेपछि लकडाउन निरन्तर हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा बिडारीले भने, ‘यो अझ कन्टिन्यु हुन्छ ।

उनले कोरोना रोकथामका लागि सरकारले गरेका अहिलेसम्मका प्रयासहरू सही दिशातर्फ उन्मुख भएको बताए । ुमन्त्रिपरिषदको बैठकमा थप सल्लाह हुनेछन् तर अहिले जे जसरी सरकराले नीति अख्तियार गरेको छ, सही बाटो छ भन्ने हाम्रो निष्कर्ष रह्यो,ु उनले भने ।

२०७७ बैशाख २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्