News Portal

अरु ६ जनाले पनि जिते कोरोना

मोटिभेटन्यूज संवाददाता
९८ पटक

मोरङ – कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ६ जनालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

उपचार केन्द्रमा उपचाररत ३१ जनामध्ये ६ जनामा दोस्रो र तेस्रो पटक पनि कोरोना संक्रमण नेगेटिभ देखिपछि डिस्चार्जको तयारी गरिएको हो । उदयपुरको भुल्केबाट वैशाख ५ र ६ गते अस्पतालमा ल्याएर भर्ना गरिएका १३ जनामध्ये ६ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।

प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार दोस्रो र तेस्रो पटकको परीक्षणमा समेत कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई आजै बिहान घर पठाइने भएको छ ।

कोरोना भाइरस नेगेटिभ देखिएका ६ जनालाई रानीस्थित मस्जिदमा रहेको क्वरेण्टीनमा सारिने कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले जानकारी दिइन ।

सुरुका १३ जनाको यस अगाडि स्वाब संकलन गरी परीक्षण गरिएको छ । त्यसपछि पुनः दोस्रो पटक सोमबार स्वाब संकलन गरिएको थियो । दोस्रो स्वाबमा ६ जनामा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिने तयारी गरिएको छ ।

उनीहरुसँगै कोरोना जितेर घर फर्किनेको संख्या २२ पुगेको छ । जसमध्ये २ जना पुनः कोरोना देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

२०७७ बैशाख २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्