News Portal

यस्तो रहेछ प्रधानमन्त्रीले बैठक छोडर भाग्नुको रहस्य…

मोटिभेटन्यूज संवाददाता
२१० पटक

काठमाडौं – पार्टीको सचिवालय बैठक चलिरहेका बेला नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली उठेर गएका छन्। ‘म थाकें, एकछिनमा आउँछु’ भनी निस्केर गएका ओली ६ बज्न लाग्दा पनि फर्किएका छैनन्।

प्रधानमन्त्री गएपछि बैठकमा सहभागी भएका अरू नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसिरहेको बालुवाटार स्रोतले जानकारी दियो। भोलि बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावलगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेको थियो।

बैठक सुरु हुँदा सहभागी भएका उनी आराम गर्न भन्दै बैठकबाट बाहिरिएको स्रोतले बताएको छ । ‘उहाँ जानकारी गराएर बैठकबाट बाहिरिनु भएको हो’ नेकपा स्रोतले भन्यो ।

भोलि बस्ने स्थायी कमिटी बैठकका लागि दुबै अध्यक्षले प्रस्ताव तयार गर्ने भनिएको थियो। तर प्रस्ताव तयार गर्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन।

शनिबार भएका सहमतिबाट प्रधानमन्त्री पछि हटेको आरोप प्रचण्ड र माधवकुमार नेपाल खेमाले लगाएका छन्। पहिला सहमति भएअनुसार कार्यकारी अध्यक्षका रूपमा प्रचण्डको भूमिकालाई थप प्रष्ट्याउने गरी स्थायी समितिमा प्रस्ताव लैजाने, मन्त्रिमण्डल पुनर्गठन गर्ने र केही मुख्यमन्त्रीहरू फेरबदल गर्ने सहमतिबाट प्रधानमन्त्री ओली पछि हटेको प्रचण्ड-नेपाल खेमाको आरोप छ।

२०७७ बैशाख २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्