News Portal

हात्तीवनमा प्रचण्ड–माधव नेपाल गुटको भेला भएको खुलासा

मोटिभेटन्यूज संवाददाता
११० पटक

काठमाडौं – गएको सोमवार सत्तारुढ नेकपाका प्रवक्ता श्रेष्ठ नारायणकाजी श्रेष्ठको निवासमा गोप्य भेला भएको खुलासा भएको छ । श्रेष्ठ निवास हात्तीवनमा प्रचण्डसहित वरिष्ठ नेताद्वय नेपाल र खनालसँगै प्रवक्ता श्रेष्ठ बसेर प्रधानमन्त्रीलाई कडा शर्त राखेर निर्णय कार्यान्वयनमा दबाब दिने रणनीति बनेको खुलासा भएको हो ।

त्यो भेला भएको थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध थप प्रहार हुँदै गइरहेको महसूस गरेका थिए । त्यसैको निरन्तरता बुधबारको सचिवालय बैठकबाटै ओली उठेर हिडेको बुझिएको छ ।

‘प्रधानमन्त्रीज्यूले मिलेर अघि बढौं, कमीकमजोरी सच्याऔं भनेर भनिसक्नुभएको थियो,’ ओलीनिकट एक प्रभावशाली नेताले भने, ‘तर अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई त्यो पचेन ।’

उनले भने, ‘कोरोनाको महामारीविरुद्ध लड्नुपर्ने समयमा आफ्नै पार्टीका नेताहरूले प्रधानमन्त्रीविरुद्ध मोर्चा कसिरहेका छन् । यो बिल्कुलै सही होइन ।’

२०७७ बैशाख २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्