News Portal

थप ८ जना कोरोना संक्रमित कोरोना मुक्त, डिस्चार्जको तयारी

मोटिभेटन्यूज संवाददाता
१३१ पटक

विराटनगर – कोरोना संक्रमण पुष्टि भई विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना कोरोना मुक्त भएका छन । उनीहरुलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए।

‘दोस्रो पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो,’ सुवेदीले भने । उनीहरुलाई उदयपुरको भुल्केमा संक्रमित परीक्षण गर्दा संक्रमित भएको पाइएपछि उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो।

सोहि अस्पतालबाट बुधबार अरु ६ जना निको भई डिस्चार्ज भएका थिए। हाल कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन्। शुक्रबार ८ जना डिस्चार्ज भएपछि १७ जना बाँकी रहने छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ।

उनीहरु संगै कोरोना निको हुनेको संख्या ३० पुगेको छ । निको भएकोमा तीनजनामा पुनः संक्रमण देखिएपछि अस्पतालमा फेरि उपचार जारी छ।

२०७७ बैशाख २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्